मन्त्री पराजुलीद्वारा जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण
धनकुटा । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गरेका छन्।
मन्त्री पराजुलीले जिल्ला प्रहरी कार्यालय धनकुटा पुगेर समग्र प्रशासनिक भवन, हिरासत कक्ष, विभिन्न शाखा तथा कर्मचारी आवासको अवस्था अवलोकन तथा निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जिल्लाको समग्र सुरक्षा अवस्था, प्रहरी प्रशासनको वर्तमान गतिविधि तथा भावी कार्ययोजनाबारे मन्त्री पराजुलीलाई जानकारी गराएका थिए।
मन्त्री पराजुलीले जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशनसमेत दिएका छन्।


