धनकुटाको हिले क्याम्पसलाई स्थानीय समाजसेवी पेमा कुमारी लामाद्वारा २ रोपनी जग्गा नि:शुल्क हस्तान्तरण

धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिका १ हिलेमा अवस्थित त्रिभुवन युनिभर्सिटी बाट सम्बन्धन प्राप्त हिले क्याम्पसलाई २ रोपनी जग्गा स्थानिय समाजसेवी पेमा कुमारी लामाले निशुल्क हस्तान्तरण गरिएको छ।

क्याम्पसको भौतिक विकासका लागि पेमा कुमारी लामाले आफ्ना स्वर्गीय पति कृष्ण तितुङको स्मृतिमा प्रदान गर्नुभएको हो।

क्याम्पस व्यवस्थापन समितिको बैठकमार्फत उक्त जग्गा औपचारिक रूपमा क्याम्पसको नाममा हस्तान्तरण गरिएको हो। बैठकको अध्यक्षता समितिका अध्यक्ष चिन्तन तामाङले गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष भुपेन्द्र कट्टुवाल ,वडा अध्यक्ष ओङद तामाङ , उमेश घिमिरे , लालचन गाेङ्वा लगायतको उपस्थिति रहेको थियो।

वि.सं. २०६७ साल साउन २० गते सम्बन्धन प्राप्त गरेको हिले क्याम्पस २०६८ सालदेखि सञ्चालनमा आएको हो। पछिल्लो समय क्याम्पसमा डिजिटल कक्षाकोठा र आधुनिक फर्निचरको व्यवस्था गरिएको भए पनि आफ्नै जग्गा नहुँदा युनिभर्सिटी ग्रानट कमिङसुन नेपाल University Grants Commission Nepal बाट प्राप्त हुने भौतिक पूर्वाधार निर्माणका योजनामा अवरोध भइरहेको थियो। यस जग्गा हस्तान्तरणसँगै अब क्याम्पसको दीर्घकालीन भौतिक विकासको बाटो खुलेको छ।

यसैबीच, सोही कार्यक्रममा क्याम्पस प्रमुख प्रदिप फुयाल ले आफ्नो एमफिल अध्ययन सफलतापूर्वक सम्पन्न गरेको जानकारी गराउँदै अनुसन्धान प्रतिवेदन व्यवस्थापन समितिलाई बुझाउनुभएको छ। सहभागीहरूले क्याम्पसका प्राध्यापकहरू उच्च शिक्षातर्फ सक्रिय रहनु सकारात्मक संकेत भएको बताएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।