धनकुटामा सुनको सिक्री चोरेर फरार भइ पक्राउ परेकाको साथबाट भेटियो सुन जस्तो देखिने धातुको विभिन्न गरगहना, मोबाइल ६ थान सहित दुई मोटरसाइकल

धनकुटा । डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-६ बस्ने ३० वर्षीय धन बहादुर भन्ने दान बहादुर तामाङ, सोही नगरपालिका-१२ बस्ने ३३ वर्षीय सन्तोष भन्ने प्रेमलाल घिसिङ र सोही नगरपालिका-१० बस्ने ३८ वर्षीय राजु तामाङ रहेका छन् । 

 

धनकुटा नगरपालिका-७ मदन चोकस्थित एकान्त बाटोमा २ वटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले गत शुक्रबार पीडित महिलालाई धाक धम्की दिई १ तोला २ आना बराबरको सुनको सिक्री डाँका चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई सुनसरी धरान उपमहानगरपालिका-८ वरगाछीस्थित एक होटलबाट पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने धातुको विभिन्न गरगहना, मोबाइल ६ थान, प्र.३-०२-०१३ प ८००१ नम्बर र बा.८२ प ९५६४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।