धनकुटामा ६६ वर्षको उमेरमा राईले गरे एसईई उत्तीर्ण

धनकुटा । धनकुटाका ६६ वर्षीय करवीर राईले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन्।

धरानस्थित सगरमाथा डल्फिन कलेजबाट परीक्षा आवेदन फारम भरेर सहभागी भएका राईले वृद्धावस्थामा एसईई पास गर्दै शिक्षा हासिल गर्न उमेरले कहिल्यै बाधा नपार्ने सन्देश दिएका छन्।

नाति–नातिनीको उमेर समूहका विद्यार्थीसँगै परीक्षा दिएका उनले यसअघि २०४० सालमा एसएलसी परीक्षा दिएका थिए। तर तीन विषयमा अनुत्तीर्ण भएपछि उनको पढाइ बीचमै रोकिएको थियो।

पारिवारिक परिस्थितिका कारण लामो समय पढाइलाई निरन्तरता दिन नसकेका राईले अहिले फुर्सदको समय सदुपयोग गर्दै पुनः अध्ययन सुरु गरेका हुन्। उनले भने, “पहिले पारिवारिक अवस्थाले पढ्न पाइएन। अहिले बुढेसकालमा काम पनि छैन, फुर्सद छ। पढौँ न त भनेर फेरि पढ्न थालेको हुँ।”

२०४९ सालमा तत्कालीन मुगा गाविसको उपाध्यक्षसमेत रहेका राई अब धनकुटा बजारमा प्लसटु अध्ययन गर्ने तयारीमा छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।