भोलि शनिबार धनकुटाका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने
धनकुटा,१ जेठ । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले भोलि जेठ २ गते शनिबार बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
११ केभी त्रिवेणी फिडर अन्तर्गत धनकुटा नगरपालिका–७ बसपार्क क्षेत्रमा ११ केभी लाइनको आवश्यक मर्मत तथा सम्भार कार्य गर्नुपर्ने भएकाले उक्त समयमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जनाएको हो ।
प्राधिकरणका अनुसार बसपार्क एरिया, मदनचोक, त्रिवेणी, जिल्ला अस्पताल क्षेत्र, डाँडागाउँ, चुलिबन, टेकुनाला, बुढीमोरङ, तेम्बाङ, मुलघाट लगायतका स्थानमा विद्युत सेवा अवरुद्ध हुनेछ ।
निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा सोही अनुसार लाइन सुचारु गरिने पनि प्राधिकरणले जनाएको छ ।
विद्युत अवरोधबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले क्षमायाचना समेत गरेको छ ।


