धनकुटाको नावाखोला क्षेत्रमा यात्रुवाहक मिनी बस दुर्घटना हुँदा तीन जना गम्भीर घाइते
धनकुटा । तमोर कोरिडोर सडकअन्तर्गत धनकुटाको नावाखोला क्षेत्रमा यात्रुवाहक मिनी बस दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।
धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापाका अनुसार घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा उद्धार टोली खटिएको छ।
धरानबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश–१–०१–००१ ज ३९४९ नम्बरको मिनी बस (विंगर) दुर्घटनामा परेको हो। दुर्घटनामा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का २८ वर्षीय चालक तेजबहादुर चेम्जोङसहित अन्य दुई जना गम्भीर घाइते भएका छन्।
अन्य दुई घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेमध्ये एक महिला बसमै च्यापिएको अवस्थामा रहेकी छन्। उनको उद्धार कार्य जारी रहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।


