अपडेट : धनकुटामा टाटा विंगर दुर्घटना हुँदा एक महिलाको मृत्यु,दुई घाइते

धनकुटा ,४ जेठ । धनकुटामा टाटा विंगर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

धनकुटाको चौबिसे गाउँपालिका–४ विजिटारस्थित निर्माणाधीन तमोर करिडोर सडकखण्डमा सोमबार बिहान करिब ९ः३० बजे इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको टाटा विंगर आफैँ अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोरङको सुन्दरहरैंचा नगरपालिका–६ बस्ने ४० वर्षीया सवित्रा ढुंगेलको मृत्यु भएको छ। उनी गाडीभित्र च्यापिएकी अवस्थामा रहेकी थिइन्। उद्धारका क्रममा उनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिए ।

दुर्घटनामा गाडी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ बस्ने अन्दाजी २८ वर्षीय तेजकुमार चेम्जोङ र ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ बस्ने २२ वर्षीय दिपेन रसाइली घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।

घाइते दुवैजनालाई उपचारका लागि तत्काल उद्धार गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।