धनकुटा जिल्लाका विभिन्न खोलामा भइरहेको ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् कार्यको स्थलगत अनुगमन
धनकुटा । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा नदिजन्य एवं खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति संयोजक निरेन तामाङको नेतृत्वमा जिल्लाका विभिन्न खोलामा भइरहेको ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् कार्यको स्थलगत अनुगमन गरिएको छ ।
अनुगमन टोलीले साँगुरीगढी गाउँपालिकास्थित लेउती खोला तथा चौबिसे गाउँपालिकाको छरुवा खोलामा पुगेर उत्खनन् कार्यको निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा उत्खनन् कार्यको अवस्था, मापदण्ड पालना, वातावरणीय प्रभाव तथा राजस्व व्यवस्थापनलगायत विषयमा जानकारी लिइएको जिल्ला अनुगमन समितिले जनाएको छ ।
टोलीले अनुगमनपछि सम्बन्धित निकायलाई आवश्यक सुझाव तथा निर्देशन समेत प्रदान गरेको बताइएको छ ।


