धनकुटाका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको बिदाई तथा नयां कार्यालय प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारको स्वागत कार्यक्रम सम्पन्न
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटामा स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुखबाट सरुवा हुनुभएका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्री तथा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक नारायण रञ्जितकारको स्वागत तथा बिदाइ कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका सम्पूर्ण प्रहरी कर्मचारी, स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी, निर्माण व्यवसायी, महिला सञ्जाल तथा नेपाल पत्रकार महासंघ धनकुटाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
उक्त अवसरमा सरुवा भएर जानुभएका प्रहरी उपरीक्षक थापा क्षेत्रीको योगदानको प्रशंसा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो भने नयाँ कार्यालय प्रमुख प्रहरी उपरीक्षक रञ्जितकारलाई स्वागत गर्दै सफल कार्यकालको कामना गरिएको थियो ।


