धनकुटाको मुलघाटमा यसरी गरियो मनसुनजन्य विपद्‌लाई लक्षित गर्दै संयुक्त उद्धार अभ्यास (फोटो फिचर)

धनकुटा । मनसुनजन्य विपद्‌बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै धनकुटाको मुलघाटस्थित तमोर नदीमा संयुक्त विपद् उद्धार अभ्यास सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाको समन्वयमा भीमदल गण सल्लेरी धनकुटा, जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हे.क्वा. छिन्ताङ, धनकुटा नगरपालिका, जिल्ला अस्पताल धनकुटा तथा जिल्ला रेडक्रस सोसाइटी धनकुटाको संयुक्त आयोजनामा उक्त अभ्यास सञ्चालन गरिएको हो ।

अभ्यासका क्रममा आगलागी, पहिरो तथा बाढीजन्य विपद्का घटनामा कसरी उद्धार तथा राहत कार्य सञ्चालन गर्ने भन्ने विषयमा व्यवहारिक प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरूले विपद् व्यवस्थापन तथा उद्धारमा प्रयोग हुने विभिन्न सामग्री र उपकरणहरूको प्रदर्शन समेत गरेका थिए ।

मनसुनको समयमा हुनसक्ने प्राकृतिक विपद्‌बाट नागरिकको ज्यान तथा धनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, समन्वय र उद्धार क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त अभ्यास गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

तस्बीर स्रोत :जिल्ला प्रहरी कार्यालय धनकुटा

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।