रास्वपा पाख्रीबास नगर समितिको प्रथम अधिवेशन सम्पन्न, सभापतिमा विष्णु विक्रम निरौला सर्वसम्मत

धनकुटा,१५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिको प्रथम ऐतिहासिक नगर अधिवेशन जेठ १४ मा सम्पन्न भएको छ। अधिवेशनले विष्णु विक्रम निरौलाको सभापतित्वमा १३ सदस्यीय नयाँ नगर समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित समितिको उपसभापतिमा बबिता विश्वकर्मा, सचिवमा अनिल आले तथा सह–सचिव एवं संगठन विभाग प्रमुखमा किरण थापा चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा मनमाया (मनिषा) बस्नेत, किरण खत्री, भिम प्रसाद अधिकारी, मोहन बहादुर कार्की, तोर्ण निरौला, कमल गहतराज, सुशीला बस्नेत, नारायण सापकोटा र सरस्वती लामिछाने चयन भएका छन्।

अधिवेशनको उद्घाटन कोशी प्रदेश महामन्त्री, संगठन विभाग प्रमुख तथा सांसद लालबिक्रम थापाले गरेका थिए। खुला सत्रको सभापतित्व अधिवेशन आयोजक समितिका अध्यक्ष मणिराज भुजेलले गरेका थिए।

यस्तै, बन्द सत्रमा निर्वाचन समितिका संयोजक शम्भु प्रसाद पाण्डेको संयोजकत्वमा प्रतिनिधिहरूको सर्वसम्मत चयन गरिएको थियो।

अधिवेशनमा सहभागीहरूले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।