धनकुटाको छथर जोरपाटी गाउँपालिकाद्वारा लालीगुरांस कृषि समूहलाई कृषि सामग्री प्रदान
नारायण कुमार राई/धनकुटा,१९ जेठ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले लालीगुरांस कृषि समूहलाई कृषि सामग्री तथा बन्दाकोपीको बीउ बितरण बितरण गरेको छ ।
पालिकाले मंगलबार वडा नं.६ को लालिगुरास टोलमा एक हस्तान्तरण कार्यक्रम गरेर सामाग्रीहरु किसानहरुलाई दिएको छ ।
पालिका अध्यक्ष छत्र सुब्बाले ७ थान चर्लिङ स्प्रे ,प्लास्टिक टनेल १२ वटा र ९० प्याकेट बन्दाकोपीको बीउ किसानहरुलाई हस्तान्तरण गर्नुभएको छ ।
समुहकी उपाध्यक्ष राधा भट्टराईको उपाध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा उक्त सामाग्रीबाट ३५ घर लाभान्बित हुने अध्यक्ष ढुण्डिराज थापाले जानकारी दिनुभयो ।
वडाको समन्वयमा दिईएको उक्त सामाग्रीहरु ७५ प्रतिसत अनुदानमा २ लाख ५० हजार बरबरको रहेको वडा अध्यक्ष दिपक गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा जिन्सी साखा प्रमुख चन्द्र सुवेदी, कृषि शाखा प्रमुख अदिप श्रेष्ठ लगाएको उपस्थिति रहेको थियो ।




