धनकुटामा रुद्रादेवी शर्मा प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालयद्वारा १८ सहसचिवको सरुवा र पदस्थापन, १३ जिल्लाका सिडिओ फेरिए

धनकुटा, जेठ २२ । गृह मन्त्रालयले गरेको पछिल्लो सरुवा तथा पदस्थापनअन्तर्गत धनकुटाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा रुद्रादेवी शर्मालाई खटाइएको छ।

धनकुटामा सरुवा भएकी रुद्रादेवी शर्मा यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रजिअको रुपमा कार्यरत हुनुहुन्छ ।

मन्त्रालयले १८ सहसचिवहरूको सरुवा र पदस्थापन गरेको हो, जसमा १६ जनाको सरुवा र दुई जनाको पदस्थापन गरिएको छ।

सरुवाअन्तर्गत १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। कास्की, धादिङ, सर्लाही, स्याङ्जा, उदयपुरलगायत जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाइएको छ।

सरुवा सूचीअनुसार कास्कीमा कुमानसिंह गुरुङ, स्याङ्जामा निराजन घिमिरे, धादिङमा लक्ष्मी पाण्डे गौतम, संखुवासभामा ईश्वरीप्रसाद अर्याल, पाल्पामा भविश्वर पाण्डे, नवलपरासी पश्चिममा जगदिश्वर उपाध्याय, सप्तरीमा श्यामकृष्ण थापा, उदयपुरमा मेघबहादुर मंग्रान्ती लगायतलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

त्यस्तै ओखलढुंगामा टुवराज पोखरेल, सर्लाहीमा विजयराज सुवेदी, रामेछापमा बिनु बज्राचार्य कुँवर र सुर्खेतमा धर्मराज जोशीलाई प्रमुख जिल्ला अधिकारी तोकिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा सिर्जना थपलियालाई पठाइएको छ भने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकमा कृष्ण पौडेललाई जिम्मेवारी दिइएको छ।

त्यस्तै रिक्त रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सहसचिव प्रदीप कोइरालालाई खटाइएको मन्त्रालयले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।