रास्वपा महाधिवेसनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री शाह
चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका छन् ।
भरतपुरमा आजदेखि सुरु हुने प्रथम महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन उनी चितवन आइपुगेका हुन् । उनले महाधिवेसनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रूपमा गर्ने कार्यतालिका यसअघि नै तय भइसकेको छ ।
रास्वपाको पहिलो महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहेको छ। जसअनुसार सो महाधिवेसनमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, एमाले नेता प्रदिप ज्ञवाली र नेकपाका नेता बर्षमान पुनलगायतले सम्बोधन गर्दैछन् भने श्रम् संस्कृति पार्टीले भने आफ्नो प्रतिनिधि नपठाउने जनाएको छ।


