आजवाट रास्वपाको बन्द सत्र सुरू

चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेसनको बन्द सत्र आजवाट सुरू हुदैँछ ।

 

आज महाधिवेसनको पहिलो दिनको बन्द सत्रमा पाँचवटा प्रतिवेदन प्रस्तुत गरिदैँ छ । जसअनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्रीद्दय कबिन्द्र बुर्लाकोटी र भुपदेश शाहले सांगठानिक प्रतिबेदन, लेखा प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्नेछिन ।

 

साथै, निर्वाचन आयोगको प्रतिवेदन पार्टी निर्वाचन आयोग प्रमुख भुवन केसी र अनुशासन आयोगको प्रतिवेदन आयोग प्रमुख रमाकान्त रिमाल प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री भुपदेव शाहले जानकारी दिएका छन् ।

 

हिजो उदघाटन सत्र सम्पन्न गरेको रास्वपाले जारी महाधिवेशनका लागि ४ हजार २११ जनाको प्रतिनिधित्व टुंग्याएको छ। जसअनुसार केन्द्रिय समिति, सात प्रदेश, प्रवास, समायोजन र मनोनयन गरी आजवाट सुरू हुने महाधिवेसनमा ४

हजार २११ जना प्रतिनिधिले बन्द सत्रमा सहभागी हुनेछन् ।

केन्द्रिय समिति सदस्यसहित ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना, सभापति लामिछानेबाट १३८ जना र समुहगत रूपमा पार्टी प्रवेश गरेका मध्ये १९२ थप सहित ४ हजार २११ पुगेको सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि सुनिश्चित भएको छ ।

साथै, महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि प्रत्येक जिल्लावाट रहने भएका छन् भने प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधिको रूपमा चयन गरिएको छ ।

साथै, सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जनाको प्रतिनिधित्व भएको  छ।

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट २ जना तथा प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि रहनेछन् । 

साथै, गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित  तथा समानुपातिक सूचीमा रहेका देखी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक  सूचीका र पार्टीमा सक्रिय व्यक्तिलाई पनि प्रतिनिधि बनाइएको छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि महाधिवेशन प्रतिनिधि भएका छन्।

 

र, आजवाट निर्वाचन प्रकिया पनि सुरू हुने निर्वाचन समितिले जनाएकाे छ । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖