हिजो सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्र आजवाट सुरू हुने भएको छ। 
 
हिजोवाट नै सुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि चयन र प्रतिनिधि पासमा समस्या देखिएकाले सम्भवः नभए पछि एकदिन ढिलो गरी आजवाट सुरू हुन लागेको हो । 

पार्टीको प्रतिनिधि व्यवस्थापन उपसमितिले मंगलबार एक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड छपाइ गर्ने कार्यमा सोचेभन्दा बढी समय लागेकाले हिजोको कार्यक्रम स्थगित गर्नुपरेको जानकारी दिएको थियो ।
 
जारी सूचनाअनुसार हिजो साँझ ७ः०० बजेदेखि नै प्रिन्ट भइसकेका प्रतिनिधि कार्ड वितरण सुरु भइसकेको र थप प्रतिनिधिको बाँकी कार्डहरू आज बिहान ७ बजेदेखि वितरण गरिने जनाइएको छ। सबै प्रतिनिधिहरूले कार्ड प्राप्त गरिसके पछि मात्र बन्दसत्रको औपचारिक कार्यक्रम सुरु हुनेछ।
 
पार्टीले महाधिवेशनलाई आफ्नो सर्वोच्च निकायका रूपमा लिएको भन्दै प्रतिनिधि व्यवस्थापन प्रक्रियामा कुनै विवाद नहोस् भन्ने कुरामा प्रतिबद्ध रहेको जनाएको छ। 
 
साथै, यस ढिलाइका कारण महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति पार्टीले क्षमायाचना गर्दै धैर्यता र सहयोगका लागि आग्रहसमेत गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖