एमाले सचिवालय बैठक गुन्डुमा जारी
काठमाडौं, ९ असार । नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको गुण्डु, भक्तपुरस्थित निवासमा सो बैठक जारी रहेको हो ।
सम्पत्ति शुद्दीकरण मुद्दामा पार्टी उपाध्यक्ष बिष्णुप्रसाद पौडल पक्राउ परे पछि आकस्मिक रूपमा सचिवालय बैठक बसेको हो ।
हिजो सुर्खेतमा पक्राउ परेका पौडेललाई आज बिशेष अदालत, काठमाडौंमा लगिएको थियो, अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।


