रास्वपाको केन्द्रीय सदस्यमा कोशीबाट निशा मेहता सहित पाँच जना निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट निशा मेहतासहित पाँच जना निर्वाचित भएका छन्।

रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कोशी प्रदेशतर्फ निशा मेहताले सर्वाधिक एक हजार ८९१ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

त्यसैगरी, विश्वराज पोखरेलले एक हजार ४८६ मत प्राप्त गरी निर्वाचित भएका छन्। शोभा कार्कीले एक हजार २२९, कल्पना थापाले ९५१ र सुजाता तामाङले ८५६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेका छन्।

रास्वपा निर्वाचन आयोगले बिहीबार उक्त अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖