रास्वपाको आदिवासी/जनजाति समूहबाट केन्द्रीय सदस्य चयन, मिलन लिम्बु र आशिका तामाङ सर्वाधिक मत सहित निर्वाचित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा आदिवासी/जनजाति समूहबाट पुरुष र महिलातर्फका उम्मेदवार निर्वाचित भएका छन्।
रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पुरुषतर्फ मिलन लिम्बुले सर्वाधिक एक हजार ५३६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
त्यसैगरी, शकर श्रेष्ठले एक हजार ४९४ मत प्राप्त गरेका छन्। यस्तै, तेस्रो स्थानमा रहेका उम्मेदवारले ८३४, महेश लामाले ८०९ र कृष्णमान श्रेष्ठले ७९० मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
महिलातर्फ आशिका तामाङले सर्वाधिक एक हजार ४५० मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेकी छन्। अनुष्का श्रेष्ठले एक हजार ३८०, निशा श्रेष्ठले एक हजार २६० र महर्जनले एक हजार १२८ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
रास्वपा निर्वाचन आयोगले बिहीबार उक्त अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो।


