चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा
काठमाडौं । नेपालका चार पूर्वप्रधानमन्त्री आइतबार एकै मञ्चमा देखिएका छन्।
स्वर्गीय मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एकै मञ्चमा उपस्थित भएका हुन्।
नेपालको कम्युनिष्ट आन्दोलनका प्रभावशाली नेता मदन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी नेताहरूले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) र नेपाली राजनीतिमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए।






