झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन’

काठमाडौं, १४ असार । नेपाली कम्युनिष्ट पार्टीकाका सहसंयोजक माधव नेपालले भावनाको कुरा गरेर मात्रै कम्युनिस्ट पार्टीहरू बिचमा एकता हुन नसक्ने बताएका छन् ।

 

एमालेका संस्थापक महासचिव मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनभित्र देखिएको समस्याको गम्भीर आत्मसमीक्षा गरेर मात्रै पार्टी एकतामा जानु पर्ने उनको जोड थियो ।

 

‘हामीले विगतको विसङ्गतिको आत्मसमीक्षा गर्नुपर्छ, यो एउटा पार्टीको निम्ति मात्रै होइन, नेपालका जति पनि कम्युनिस्ट घटकहरू छन्, ती सबैले आ(आफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ । त्यो आत्ममन्थन गरेर सही निष्कर्षमा पुग्न सक्यौँ भने बल्ल कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ, नभए भावनाको कुरा गरेर मात्र हुँदैन्,’ नेपालले भने ।

उनले आजभोलि नै कम्युनिस्ट पार्टीहरू मिल्ने सम्भावना नदेखेको बताउँदै अर्का नेता झलनाथ खनालको कम्युनिष्ट पार्टीहरू बिच तत्काल एकता गर्नुपर्ने प्रस्तावलाई सोही मञ्चवाट अस्विकार गरिदिएका हुन्  ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖