बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

काठमाडौं, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थीहरू बिच कार्यगत एकता हुनै पर्नेमा जोड गरेका छन् । 

 

नेकपा एमालेका संस्थापक मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बामपन्थी शक्तिका बिचमा कार्यगत एकतामा जोड दिएका हुन् ।

 

‘हाम्रा नीतिहरू सही छन्, एमालेको नीति सही छ कि छैन भन्ने बारेमा त्यसमा छलफल गर्नै पर्दैन, हामीले राम्रो काम पनि गरेका थियौं, गरेका छौं,’ उनले भने, ‘तर, हिंसाको बलमा, सस्तो लोकप्रियतामा हामीलाई बदनाम गराउने काम भइरहेको छ, त्यसैले पनि बामपन्थी शक्तिहरू बिचमा कार्यगत एकता हुन जरूरी छ, गर्नै पर्छ ।’

 

‘समृद्द नेपाल, सुखी नेपाली’ नै समाजवाद भएको जनाउँदै उनले ‘परिपुर्ण लोकतन्त्र’ नै असली समाजवाद रहेको पनि उनले जनाए ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖