नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। भर्चुअल माध्यम (जुम) बाट सञ्चालन हुने सो बैठकका लागि पार्टीका मुख्यसचिव गणेशमान पुनले सूचना जारी गरेका छन्।

पार्टीले बैठकमा सहभागी हुनका लागि आवश्यक जुम आईडी यसअघि नै सबै केन्द्रीय सदस्यहरूलाई उपलब्ध गराइसकेको जनाएको छ। साथै, कुनै कारणवश आईडी प्राप्त नगरेका सदस्यहरूलाई सम्पर्क गरी बैठकमा अनिवार्य सहभागी हुन पार्टीले विशेष अनुरोध गरेको छ।

बैठकको सुरुमा शहीदहरूप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौनधारण गरिने कार्यक्रम रहेको छ। त्यसलगत्तै पार्टीको नियमावली तथा आचारसंहितामाथि छलफल हुनेछ भने पार्टी सदस्यताको नवीकरण र विस्तारको पछिल्लो अवस्थाबारे समीक्षा गरिनेछ। 

बैठकको अन्त्यमा पार्टीका संयोजक र सहसंयोजकले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी सङ्गठनात्मक कार्यदिशाका विषयमा सम्बोधन गर्दै आवश्यक निर्देशन दिने कार्यक्रम तय गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।