यसअघिको गल्ती सच्चाउँदै रास्वपामा आए दुई नयाँ सदस्य

काठमाडौं, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूची अन्तिममा हेरफेर भएको छ ।

गत असार ७ देखि १२ गतेसम्म भएको पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनको परिणाम जुन सुनाइएको थियो, त्यसमा हेरफेर गर्दै काठमाडौंवाट अर्को नयाँ सुची सार्बजनिक गरिएको हो । 
 
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले यसअघि केन्द्रीय सदस्य निर्वाचित भएको भनी घोषणा गरिएका दुई जनाको विषयमा नयाँ निर्णय लिएको हो। जस अनुसार जनजाति क्लस्टरतर्फ यसअघि चितवनमा कृष्णमान श्रेष्ठ निर्वाचित भएको घोषणा गरे पनि त्यसलाई सच्चयाउँदै ध्रुवकुमार थापा मगरलाई निर्वाचित भएको घोषणा गरिएको छ ।
 
त्यसैगरी, प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशको मतपरिणाममा पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा चितवनमा सोम शर्मालाई घोषणा गरिएकोमा काठमाडौं फर्के पछि बाँस्तोला निर्वाचित भएको उल्लेख गरेर रास्वपा केन्द्रिय समितिमा निर्वाचितहरूको अन्तिम नामावली सार्बजनिक गरिएको हो ।
 
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖