जनसम्पर्क समितिका अधिवेशन साउन मसान्तभित्र सम्पन्न गर्न कांग्रेसको निर्देशन

ललितपुर । नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीस्वरूप विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई साउन मसान्तभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो। समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय र परिपत्र बमोजिम जनसम्पर्क समितिहरूलाई अधिवेशन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १४ (३) मा जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्रै हुनुपर्ने व्यवस्था छ। सोही कानुनी प्रावधानलाई स्मरण गराउँदै समितिले विदेशस्थित सबै जनसम्पर्क समितिहरूलाई अनिवार्य रूपमा सदस्यता विवरण केन्द्रमा पठाउन आग्रह गरेको छ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट स्वीकृत भइसकेपछि मात्र निर्वाचन प्रयोजनका लागि केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि खटाउने व्यवस्था छ। त्यसैले, अधिवेशनको मिति तय हुनुअघि नै केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराउन र तोकिएका प्रतिनिधिको उपस्थितिमा मात्र महाधिवेशन सम्पन्न गर्न सबै जनसम्पर्क समितिहरूलाई परिपत्र गर्ने निर्णय भएको समितिले जनाएको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖