लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्र, संविधान र राष्ट्रियताको संरक्षणका लागि नेपाली कांग्रेसभित्र पूर्ण एकता कायम गर्नुको विकल्प नरहेको बताएका छन्।

कांग्रेसका भातृसंस्था नेताहरूसँग बानेश्वरमा भएको विशेष छलफल कार्यक्रममा नेता महरले नेपाली कांग्रेसभित्र बढ्दो गुटबन्दी र आन्तरिक विवादप्रति चिन्ता व्यक्त गर्दै पार्टीभित्र संवाद, सहमति र आपसी विश्वासको वातावरण निर्माण गर्न सबै पक्षलाई आग्रह गरेका हुन्।

महरले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै भने, ‘जब–जब नेपाली कांग्रेस कमजोर वा विभाजित भएको छ त्यसको असर केवल पार्टीमा सीमित नरही लोकतान्त्रिक व्यवस्थामै परेको इतिहास छ। कांग्रेस विभाजनपछि निरंकुश शक्तिहरू बलियो बनेका उदाहरणहरू हाम्रो सामू छन्। त्यसैले इतिहासबाट शिक्षा लिएर आज पार्टीलाई एकताबद्ध बनाउनु सबैको साझा दायित्व हो।’

उनले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन र जनउत्तरदायित्वका विषयमा व्यापक बहस भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा नेपाली कांग्रेस अझ जिम्मेवार, सशक्त र एकताबद्ध भएर प्रस्तुत हुनुपर्ने धारणा राखे।

‘व्यक्तिगत महत्वाकांक्षा र गुटगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतन्त्र र जनताको भविष्यलाई केन्द्रमा राख्नुपर्छ। नेपाली कांग्रेस एकताबद्ध भए लोकतन्त्र बलियो हुन्छ, राष्ट्र बलियो हुन्छ र जनतामा आशा जाग्छ,’ महरले भने।

नेता महरले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आपसी मतभेद संवादमार्फत समाधान गर्दै एकताको पक्षमा उभिन आग्रह गरेका छन्। आज लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र राष्ट्रिय हितका लागि नेपाली कांग्रेसभित्र पूर्ण समझदारी र एकता कायम गर्नुको विकल्प नभएको उनको भनाइ छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖