ज्ञानेन्द्र शाहीले साेधे, ‘गृहमन्त्रीले भनेको बिपदको हेलिकोप्टर किन कर्णालीमा नपठाएको ?’

काठमाडौं, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले बिपदमा सरकार नदेखिएको आरोप लगाएका छन् ।

 

प्रतिनिधिसभाको बैठकमा बोल्दै कर्णाली नदीमा फोर्स गाडी बेपत्ता हुदाँ ६ जना मानिस अझै नभेटिएको उल्लेख गर्दै बिपदमा सरकारको असफलता देखिएको उनको आरोप छ ।

 

‘गृहमन्त्रीले बिपदमा हेलिकोप्टर तयार छ भन्नु भएको थियो तर सरकारको त्यो हेलिकोप्टर कर्णालीमा गएन, कसै गरी पनि उद्दारका लागि पठाउनु भन्दा नमाने पछि हामी आफैले भाडाको हेलिकोप्टर पठाउने काम गर्नै परयो’ उनले संसदमा भने,  ‘नदीको बिचमा मानिसहरू जीवनको भिख मागिरहेका थिए, त्यही बेला आकाशमा हेलिकप्टर देखियो  तर, त्यो उद्धारका लागि थिएन, केन्द्रीय मन्त्रीको सवारीका लागि थियो तर, कर्णालीका निरीह नागरिक भने उद्धार नपाएर नदीमा बगिरहेका थिए।’

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖