मिडिया हाउस अगाडि गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

काठमाडौं, ३० असार। मिडिया हाउस र प्रतिपक्ष दलका नेताहरूको निवास अगाडी शंकास्पद रूपमा राखिएको गाडीको बिषयमा आज संसदमा कुरा उठेको छ ।

 

कान्तिपुर, अनलाइन खबर र हिमालय टेलिभजन तथा नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडी अनधिकृत गाडी पार्किङ गरिएको बिषयमा संसदमा प्रश्न उठेको हो ।

 

आज संसदमा बैठकमा बोल्दै नेकपा एमालेका सांसद गणेश ठगुन्ना र नेकपाका सांसद रमेश मल्लले सो बिषयमा प्रश्न उठाइयो । 

 

एमाले सांसद गणेश सिंह ठगुन्नाले मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको निवास तथा कार्यालय अगाडि मानसिक त्रास फैलाउने कार्य भएको भन्दै विरोध गरेका छन । ‘पञ्चायती शैलीमा जसरी बिरोधी सिध्याउनका लागि काम गर्दथ्यो, सोही शैलीमा गाडी राखेर मानसिक त्रास दिलाउनु काम निन्दनिय रहेको छ’ उनले भने । 

 

उता, नेकपाका सांसद मल्लले राज्य संरक्षित रूपमा न्युरोडमा जाम गराउने र मिडिया हाउसको मुलढोकामा जबर्जस्ती सवारी साधान गराउने काम भइरहेको आरोप लगाइएको छ । ‘राज्य संरक्षित ब्यक्तिहरू नै सवारी साधान लगेर छाडेको देखियो, अहिले तीनीहरूलाई ५०० जरिवाना तिराएर छोडाउने कुरा भएको छ, यो गर्न पाइदैन्,’ उनले भने, ‘हजारौं जरिवाना तिराएर गाडी जफत गर्नु पर्छ र उनीहरूलाइ कारबाही गर्नुपर्छ । ’ 

 

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖