राष्ट्रसेवक कर्मचारीहरूलाई बिनाकारण अलपत्र पारिनु मानवीय संवेदनामाथिको प्रहार हो : आम जनता पार्टी

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयप्रति  आपत्ति जनाएको छ। 

बुधबार आजपाले एक प्रेस वक्तव्य जारी गर्दै पार्टीले चौकीदार, ड्राइभर, भान्से, कार्यालय सहयोगी र स्वीपर लगायतका कर्मचारीहरूलाई हटाउनु अन्यायपूर्ण र अमानवीय भएको उल्लेख गरेको छ।

पार्टीका प्रवक्ता तिलक थापा मगरद्वारा हस्ताक्षरित वक्तव्यमा दशकौंदेखि राज्यलाई इमान्दारीपूर्वक आफ्नो सीप र क्षमता समर्पित गरेका राष्ट्रसेवकहरूलाई बिनाकारण अलपत्र पार्नु कानूनी शासनको उपहास भएको उल्लेख गरिएको छ। 

गरिब र दुःखी वर्गले काम गर्ने यी पदहरूबाट सेवा लिने तर अधिकार नदिने राज्यको व्यवहार पक्षपातपूर्ण रहेको आजपाको आरोप छ।

विज्ञप्तिमा गणतन्त्र स्थापनापछि राजनीतिक नेतृत्वले हिजोका स्थायी दरबन्दीलाई करारमा बदलेर कर्मचारीमाथि अन्यायको बीउ रोपेको उल्लेख छ। अहिले आएर ती कर्मचारीहरूलाई हटाएर निजी कम्पनीमार्फत 'आउटसोर्सिङ' (बाह्य स्रोत) बाट काम गराउने सरकारको तयारी गोपनीयता र सुरक्षाको हिसाबले समेत गलत र जोखिमपूर्ण रहेको वक्तव्यमा औंल्याइएको छ।

'लामो कालदेखि कुशलतापूर्वक काम गर्दै आएका श्रेणीविहीन एवं तल्लो तहका कर्मचारीहरूलाई हटाउने कार्य तुरुन्त रोक्न हामी सरकारसँग माग गर्दछौं,' प्रवक्ता थापा मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उनीहरूलाई स्थायी दरबन्दीमा पदपूर्ति गरी अन्य राष्ट्रसेवक कर्मचारी सरह सेवा–सुविधा उपलब्ध गराउन नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउँछौं।'

आजपाले राज्यको तल्लो तहमा रहेर सेवा गर्ने कर्मचारीको मानवीय संवेदनामाथि प्रहार नगर्न र उनीहरूको रोजीरोटीको सुनिश्चितता गर्न समेत सरकारलाई चेतावनी दिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖