संघीय संसदका चार समितिको बैठक बस्दैँ, यस्ता छन् एजेण्डा

काठमाडौं, १ साउन । संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछन् ।
 
संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।  

जसअनुसार अर्थ समितिको बैठक दिउसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल गरिनेछ ।
 
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पुरानै अजेन्डा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर विषय विज्ञहरूसँग छलफल गरिने भएको छ। जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
 
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजेका लागि बोलाइएको छ । जुन बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयको संक्षिप्त परिचयसहित वन तथा पर्यावरण क्षेत्रमा हालसम्म सम्पादित कामकारबाही, आर्थिक वर्ष २०८२÷८३ को प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गरिने भएको छ । 

र, अर्को अजेन्डाको रूपमा आर्थिक वर्ष २०८२÷८३ मा रासायनिक मलको खरिद, आयात, वर्तमान मौज्दात र स्थानीय तहसम्मको वितरण अवस्थाको समीक्षा तथा आगामी दिनको ढुवानी, भण्डारण र मल आपूर्ति तालिका एवं सोको कार्यतालिका सम्बन्धी मध्यकालीन तथा दीर्घकालीन  रणनीति बारे छलफल हुनेछ ।
 
साथै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने राष्ट्रिय समावेशी आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ  ।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖