पूर्व प्रधानमन्त्री झलनाथ खनाल चीन भ्रमणमा
काठमाडौं, ७ साउन । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता कमरेड झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा एक साताब्यापी भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन ।
भ्रमणका क्रममा उनले चीनीया नेतृत्वहरूसँग नेपाल चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, मैत्री र सहयोगका विविध विषयमा विचार विमर्श गर्ने कार्यक्रम रहेको छ ।


