ट्राफिक नियम उल्लङ्घन : सांसद बब्लु गुप्ता सवार मोटरसाइकलका चालकलाई ५ सय रुपैयाँ जरिवाना

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता सवार मोटरसाइकलका चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गुप्ता सवार बागमती प्रदेश ०२–०२५ प ५२३१ नम्बरको बुलेट मोटरसाइकल का चालक पिताम्बर चौधरी ले ट्राफिक नियम उल्लङ्घन गरेका थिए।

यातायात व्यवस्था ऐन, २०४९ बमोजिम जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले चालक चौधरीलाई रु. ५०० जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ।

प्रहरीले ट्राफिक नियमको पालना गर्न सबै सवारी चालकलाई आग्रह गर्दै नियम उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।