देवानगञ्ज र सिरहा घटनाप्रति केपी शर्मा ओलीको गम्भीर ध्यानाकर्षण, शान्ति र राष्ट्रिय एकताको आह्वान

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले सुनसरीको देवानगञ्ज र सिरहामा भएका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्ति, संयमता र राष्ट्रिय एकता कायम गर्न सबै पक्षलाई आह्वान गरेका छन्।

ओलीले जारी गरेको वक्तव्यमा सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावपूर्ण अवस्था, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यसक्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहामा गोली लागेर गणेश यादवको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै, अन्य नागरिक घाइते भएको घटनाप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

ओलीले पछिल्ला दिनमा हिंसात्मक गतिविधि थप उग्र बन्दै सिरहालगायत विभिन्न स्थानमा थप मानवीय क्षति भएको खबरले आफूहरू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्।

वक्तव्यमा उनले आमनागरिक, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीलाई कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमता अपनाउन तथा सामाजिक सद्भाव, एकता र भ्रातृत्व कायम राख्न आग्रह गरेका छन्।

सरकारप्रति लक्षित गर्दै ओलीले नागरिकको जीउधनको सुरक्षा गर्नु र संवादमार्फत समस्याको समाधान खोज्नु सरकारको पहिलो दायित्व भए पनि सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता भर्त्सनायोग्य रहेको बताएका छन्। उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र अविलम्ब संवादमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।

ओलीले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै प्रमुख राजनीतिक दलहरूलाई आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्न आह्वान गरेका छन्।

उनले द्वन्द्व र हिंसाबाट समस्याको समाधान सम्भव नभएको उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार राजनीतिक सहकार्यबाट मात्रै वर्तमान संकटको निकास सम्भव हुने बताएका छन्। साथै, राष्ट्रको शान्ति, सुरक्षा र सामाजिक सद्भाव जोगाउन सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक र सामाजिक समुदायका अगुवाहरूलाई राष्ट्रिय हितका लागि एकजुट हुन आग्रह गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।