मधेशका नेतासँग प्रधानमन्त्रीको छलफल, सुनसरीसहितका जिल्लाको तनावबारे केन्द्रित
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीसहित मधेशका केही जिल्लामा पछिल्लो समय उत्पन्न तनाव र त्यसको समाधानका उपायबारे विचारविमर्श भइरहेको छ।
छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के. शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउतलगायत मधेशका विभिन्न राजनीतिक दलका नेताहरू सहभागी हुनुहुन्छ।
सरकारले क्षेत्रीय शान्ति, सामाजिक सद्भाव कायम राख्ने तथा देखिएका समस्या समाधानका लागि साझा धारणा बनाउन छलफल अघि बढाएको जनाएको छ।


