तराई हिंसाको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छः एमाले

काठमाडौं, १९ साउन । प्रतिपक्ष दल नेकपा एमालेले सुनसरीको कप्तानगञ्ज र सिरहामा सर्बसाधारणको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्नको लागि न्यायिक समितिको माग गरेको छ।

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमाले सांसद गुरु बरालले पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र न्यायिक छानबिन समिति गठन गर्न माग गरेका हुन । 

 

कप्तानगञ्ज घटनामा गत आइतवार घटनास्थलमा १ जना र उपचारको क्रममा थप २ जनाको मृत्यु भएको र सिरहाको गोलबजारमा बिहिवार भएको झडपमा थप एकजनाको मृत्यु भएको घटनामा एमालेले छानबिन समितिको माग गरेको हो । उनले ४ जनाको हत्याको जिम्मा नैतिक रूपमा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने पनि माग राखेका छन् ।

 

उनले भने, ‘त्यो दुर्घटनाको यथोचित कारण पत्ता लगाउन स्वतन्त्र नागरिक समिति बनाउनु पर्छ र त्यस घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्री दुवैले लिनु पर्छ, अन्यथा पीडितहरूले न्याय पाउने छैनन,’ उनले बैठक सुरू भए लगत्तै सो माग राखेका हुन ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।