राजेन्द्र महतोले भेटे कप्तानगञ्ज घटनाका मृतक र घाइतेका परिवारसँग

काठमाडौं, १९ साउन । सुनसरीको देवानगञ्जमा भएको गोली काण्डमा परी आज मृत्यु भएका रबिन्द्र मेहताको परिवारजनलाई राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले भेटघाट गरेका छन् ।

 

उपचारको क्रममा निधन भएको खबर पाएसँगै त्रिवि शिक्षण अस्पताल पुगेर उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा सान्त्वना व्यक्त गरेका  हुन । 

 

​तत्पश्चात् राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइते अमित यादव र बालक आनन्द दासको स्वास्थ्य अवस्थाबारे जानकारी महतोले लिएका थिए । पीडित परिवार र घाइतेहरूको भावना अनुसार यस घटनाको सत्यतथ्य बाहिर ल्याउन तत्काल उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई पूर्ण न्याय दिन सरकारसँग उनले माग गरेका छन ।

 

​‘दिवङ्गत रबिन्द्र मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ उनले पीडित परिवारसँगको भेटमा भने ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।