प्रधानमन्त्रीसँग प्रधानसेनापतिले गुनासो गरे पछि सांसद पाण्डेले दिए प्रस्टीकरण

काठमाडौं, १९ साउन । नेपाली सेनाका अधिकृतलाई हप्कीदप्की गरेको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  सांसद राजु पाण्डेले प्रस्टीकरण दिएका छन् । 

 

आज मंगलबार एक वक्तव्य जारी गर्दै काठमाडौं–३ का सांसदसमेत रहेका  पाण्डेले सत्य नबुझी घटनाबारे भ्रम फैलाइएको भन्दै गुनासो पनि गरेका छन् । उनले आफुले नेपाली सेना प्रति आफ्नो सधैँ सम्मान रहेको उनले प्रस्टीकरणमा उल्लेख गरेका छन। 

पाण्डेले बाटो खोल्नका लागि दलबलसहितपुगेका पाण्डेले गोकर्णस्थित बिपद ब्यवस्थापनत बिभागका सैन्य अधिकृतलाई हप्कीदप्की गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

 

माकलबारीतर्फबाट गोकर्णेश्वर मन्दिरतर्फ जाने ठाउँमा जंगलका कारण विस्तार हुन नसकेको ठाउँमा सोमबार काठमाडौं–३ का सांसद पाण्डेसहितका जनप्रतिनिधिको उपस्थितिमा सडक विस्तार गर्दा विवाद भएको थियो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण फरेष्ट रिटोर्स जंगलको पर्खाल भत्काएर सडक विस्तार गर्दा नेपाली सेना प्रतिनिधिले असहमति जनाएका थिए। गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्र छ ।

 

आफूले प्रधानमन्त्री शाहसँग कुरा गरेरै काम गर्न लागेको हुँदा जनताको सुविधाका लागि सडक खोल्दा फरक नपर्ने जवाफ दिएको भन्दै पाण्डेल धम्काएकोण् भिडियो यतिखेर सामाजिक सञ्जालमा छरपस्ट भएको छ । सो घटना पछि सो बिषयमा प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बालेन्द्र शाहसँग गुनासो पोखे पछि सांसद पाण्डेले आज प्रस्टीकरण दिएका हुन । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।