जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

काठमाडौं, २३  साउन ।  जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापासँग भेट गरी जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन, मानव अधिकारको अवस्था तथा राज्यको जवाफदेहिताबारे विस्तृत छलफल गरेका छन्।

 

आयुक्त थापाकै संयोजकत्वमा तयार भएको जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदनका सिफारिस प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा सुरक्षा संयन्त्रमा अपेक्षित सुधार आउन नसकेको र त्यसकै परिणामस्वरूप राज्यको दमनात्मक प्रवृत्ति दोहोरिएको निष्कर्ष छलफलमा निकालिएको जनाइएको छ।

 

छलफलका क्रममा सुनसरी र सिराहामा सुरक्षा निकायबाट घातक हतियार प्रयोग हुँदा चार जनाको मृत्यु भएको घटनालाई उदाहरणका रूपमा उल्लेख गर्दै आयोगका सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्ने आवश्यकता झन् बलियो बनेको धारणा व्यक्त गरिएको थियो।

 

भेटपछि हमालले आयोगका प्रतिवेदनलाई औपचारिक दस्तावेजका रूपमा सीमित नराखी राज्य सुधारको मार्गदर्शकका रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताए। उनले मानव अधिकार उल्लङ्घनका प्रत्येक घटनामा सत्य, न्याय र जवाफदेहिता सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै नागरिकको जीवन र अधिकारको संरक्षण नै लोकतान्त्रिक शासनको आधार भएको धारणा व्यक्त गरे।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।