नेपाली कांग्रेस केन्द्रिय समिति बैठक साेमवार पनि जारी रहने

काठमाडौं, २५ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैँछ । 

 

ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आज पनि केन्द्रिय कार्य समितिको बैठक आज पनि बस्न लागेको हो ।

 

आइतबार देखी सुरु भएको बैठकमा प्रस्तुत गरेका अजेन्डाका बारेमा छलफल गर्नका लागि आज अपरान्ह १ः०० बजे देखी बस्न लागेको हो ।

आइतबार बसेको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिसम्मका विषयमा छलफल सुरु भएको थियो । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराएका थिए। 

जसअनुसार याे पटक केन्द्रिय समितिकाे बैठकमा निम्न अजेन्डामाथी छलफल भइरहेकाे छ । 

 

१. पार्टीको १५ औं महाधिवेशन सम्बन्धमाः

– १५ औं महाधिवेशन तयारीका सम्बन्धमा 

– नियमावली र निर्वाचन निर्देशिका सम्बन्धमा 

– सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा 

– महाधिवेशन तयारी समिति गठन सम्बन्धमा 

– विधान मस्यौदा समिति गठन सम्बन्धमा

– प्रचार प्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापन लगायतका उपसमिति गठन सम्बन्धमा

– केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन सम्बन्धमा ।

२. पछिल्लो समयमा

तराई मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा । 

३. सरकारका १०० दिन, तत् पश्चातका गतिविधि र प्रमुख प्रतिपक्ष दलका रूपमा संसद र संसद बाहिर पार्टीको भूमिकाका
सम्बन्धमा । 

४. प्रदेश सरकारका
सन्दर्भमा विकसित राजनीतिक परिस्थिति सम्बन्धमा । 

५. सदस्यता
व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुमोदन सम्बन्धमा । 

६. नेपाली जनसम्पर्क समिति सम्बन्धमा । 

७. समसामयिक विषय । 

८. भ्रातृ संस्थाहरूको विधान सम्बन्धमा । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।