देउवा समूहको राष्ट्रिय भेला आज समापन हुंदै

काठमाडौं, ३१ साउन। नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आज समापन हुदैँछ ।

 

शुक्रवार देखी मिराकल पार्टी प्यालेस, सुकेधारमा सुरू भएको भेला तीन दिन पछि आज समापन हुन लागेकाे हाे ।  सो कार्यक्रममा बिहान ११ः०० बजे देखी सुरू हुनेछ ।

 

प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार जारी भेलामा बिभिन्न राजनीतिक प्रतिवेदन प्रस्तुत भएका छन, जसमा आज सहभागी प्रतिनिधिहरूले धारणा राखिसके पछि समापन हुनेछ । सो भेलाको सभापतित्व पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन ।

 

सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिए पछि देउवा समूह पछिल्लो समय झनै उत्साहित बनेको छ भने पाँच महिना बिदेशमा रहेका निबर्तमान सभापति शेरबहादुर देउवा बिहिवार सोही भेलाका लागि स्वदेश फर्किएका थिए। भेलामा उपस्थित प्रतिनिधिलाई तीन मिनेटको समय दिइएको छ भने सोही भेलाले कम्तिमा १४ वटा उपसमितिहरूको चयन गर्ने जनाइएको छ । 
 

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।