हिन्दु राज्यको पक्षमा उभिने देउवा समुहको संकेत

काठमाडौं, ३१ साउन ।नेपाली कांग्रेसको  शेरबहादुर देउवा समूह  हिन्दु राज्यको पक्षमा उभिने संकेत गरेको छ।

 

काठमाडौंमा तीन दिन देखि जारी भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अघि बढाउने प्रतिवद्धता जनाएसँगै देउवा समूह हिन्दु राज्यको पक्षमा उभिने संकेत गरेको हो।

 

सो समूहले आयोजना गरेको तीन दिने भेला तथा सम्मेलनबाट अघि सारिएको ५ बुँदे प्रस्तावमा सनातन धर्मको संरक्षणको विषयलाई सम्वोधन गरिएको हो ।

निर्णयको तेस्रो बुँदामा भनिएको छ, ‘नेपाल सनातनदेखी चली चलिआएको धर्म सँस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालम रहीआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरी चलिआएको हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।’

समापन कार्यक्रममा सो अघि पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई केही नेताले हिन्दू राष्ट्रका विषयमा बोल्न आग्रह गरेका थिए । उनले `म हिन्दु हुँ´ भनेर पटक पटक बोलेका थिए।

 

देउवाले आफ्नो भाषणमा आफू हिन्दू भएको पटक पटक बताए पनि हिन्दू राष्ट्रको पक्षमा भने अझै सम्म अौपचारिक रूपमा खुलेका छैनन ।

 

तर,  सो भेलाको लिखित निर्णयमा हिन्दू राष्ट्रको पक्षधरता नलिए पनि सनातन धर्मको संरक्षणको कुरा गरेर मध्यमार्गी लाइन लिइएको भने छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।