कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए।
कांग्रेससँगको सत्ता सहकार्य टुटेपछि कोशी प्रदेशमा नेकपा एमाले र नेकपाको नयाँ सत्ता समीकरण बनेको छ। यही राजनीतिक समीकरण परिवर्तनसँगै कांग्रेसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो।
कांग्रेसले समर्थन फिर्ता लिएसँगै कोशी प्रदेश सरकारको राजनीतिक समीकरण थप स्पष्ट भएको छ।

