प्रधानमन्त्री खम्पा गुम्बा दर्शनमा जानु भएको हो, नीजी जीवनमा एक्लै हिडन दिनुहोस्ः ज्ञानेन्द्र शाही

काठमाडौं, ५ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण नीजी भएको बताएका छन् ।

 

प्रधानमन्त्री शाह आज मुक्तिनाथ दर्शनका लागि हिडेको समाचार आइरहेको बेला उनले सो भ्रमणलाई ब्यक्तिगत भनेर टिप्पणी गरेका हुन ।   

 

‘प्रधानमन्त्रीले मुस्ताङ जाँदा सुरक्षाकर्मी लिएर गएनन् भनेर सामाजिक सञ्जालमा खुब हल्ला चलिरहेको छ, प्रधानमन्त्री आफ्नो निजी भ्रमणमा मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न जानुभएको हो,’ उनले भनेका छन्, ‘निजी भ्रमणमा पनि सुरक्षाकर्मीको लावालस्कर नै लिएर हिँड्नुपर्छ भन्ने छैन।’

 

प्रधानमन्त्री शाह धादिङ स्थलमार्ग हुदैँ पोखरा जाने र त्यहाँवाट मुस्ताङ जाने कार्यक्रम रहेको जनाइएको छ ।

 

‘कम्तीमा एकछिन त उहाँलाई आफ्नै निजी समय र व्यक्तिगत जीवनमा एक्लै हिँड्न दिनुहोस्। हरेक कुरालाई राजनीतिक विषय बनाएर हल्ला गर्न आवश्यक छैन,’ उनले भनेका छन् । 

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।