लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

काठमाडौं, ८ भदौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लाल आयोगको प्रतिबेदन सार्बजनिक गर्न माग गरेका छन् ।

 

संबिधान सभा जारी हुनु अघि भएको आन्दोलनका बारेमा सत्यतथ्य छानबिन गर्ने भन्दै पुर्व न्यायधिस गिरिशचन्द्र लाल नेतृत्वको आयोगले बनाएको प्रतिबेदन सार्बजनिक गर्न सभापति थापाले माग गरेका हुन् । 

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय हिजो फेरि उठेको भन्दै २०७४ सालदेखि लगभग हरेक वर्ष यसरी नै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको थापाले स्मरण गरेका छन ।

‘हरेक पटक हामी राजनीतिक दलहरूले सरकारमा जानु अघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनायौं तर सरकारमा पुगे पछि त्यसलाई कार्यान्वयन गर्न सकेनौं, अब त एक दशक बित्न लागिसक्यो,’ थापाले भनेका छन, ‘२०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले बुझाएको प्रतिवेदन आजसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन सकेको छैन र पीडितहरू न्याय पाउनबाट वञ्चित रहेका छन्।’

‘विगतका सरकारबाट पनि यो काम हुन सकेन् तर विगतको कमजोरी आज पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन, बन्नु हुँदैन। यसपटक यो विषय प्रतिवद्धतामा मात्र सिमित नहोस्,’ उनले अगाडी भनेका छन, ‘यसर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मेरो आग्रह छ, अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनु होस्।’

 

सभापति थापाले 'सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो' भन्दै साे प्रतिवेदन सार्बजनिक गर्न माग गरेका हुन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।