किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वीप

हेटौंडा, ८ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, बागमती प्रदेशका संसदीय दलका नेता डम्बर तामाङले मुख्यमन्त्री किरण थापाको पक्षमा विश्वासको मत दिन ह्विप जारी गरेका छन् । 

 

हिजो ७ भदौंमा बसेको संसदीय दलको बैठकको निर्णय अनुसार नेकपा एमालेवाट गत ४ भदौंमा मुख्यमन्त्री भएका थापालाई बिश्वासको मत दिन ह्विप जारी गरेका हुन् ।

‘बागमती प्रदेशमा माननीय उपसभामुखज्यूले २०८३ भदौं ८ गते सोमवार निर्धारण गर्नु भएको बैठकमा माननीय मुख्यमन्त्री किरण थापामगरले बिश्वासको मत प्राप्त गर्ने प्रस्ताव राख्नु हुने कार्यसुची रहेकाले उक्त दिन प्रदेश सभा बैठकमा अनिवार्य सहभागी हुन तथा विश्वासको मतको पक्षमा मत जाहेर गर्न भएको दलको मिति २०८३ भाद्र ७ गतेको बैठकको निर्णय, दलका माननीय नेताज्यूको आदेशमा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको बिधान अनुसार ह्विप जारी गरिएको छ,’ प्रमुख सचेतक डम्बर तामाङले जारी गरेको ह्वविपमा उल्लेख गरिएको छ ।

 

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनमा दाबी गर्दा थापाले ६३ सांसदको समर्थनमा देखाएका थिए । जसअनुसार एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको थियो । उनलाई सरकार टिकाउनका लागि कम्तिमा ५६ विश्वासकाे मत आवाश्यक पर्दछ । 

 

तर, आज विश्वासको मत लिने बेलामा भने बागमती प्रदेशको राजनीति फरक देखिन पुगेको छ । थापालाई समर्थन गरेको भन्दै राप्रपा केन्द्रले प्रदेश सांसदहरूलाइ पार्टीका केन्द्रिय कार्यालयले अनुशाषन उलङघन गरेको भन्दै निरन्तर स्पष्टीकरण र कारबाही जारी राखेकाे छ। 

 

राप्रपावाट मन्त्री भएकाहरू मध्ये स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिलाई अनुशाषन समितिको सिफारिसमा हिजो नै राप्रपा केन्द्रिय कार्यालयले १२ घन्टे स्पस्टीकरण सोधिसकेको छ भने यसअघि नै संसदीय दलका नेता उद्दव थापालाई केन्द्रिय अनुशाषन समितिको सिफारिसमा निलम्बन गरिसकेको जनाएको छ । तर, केन्द्रकाे निर्देशनकाे अबज्ञा गर्दै बागमती संसदीय दलले हविप जारी गरेकाे हाे । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।