कोशीका मुख्यमन्त्री कार्कीले तेस्रो पटक पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार प्रदेशसभामा भएको मत विभाजनमा कार्कीले पेस गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत परेको छ। प्रस्तावको विपक्षमा २२ मत परेको छ भने ४ सांसदले पक्ष वा विपक्षमा मत दिएनन्।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्ने भए पनि कार्कीले ५७ मत प्राप्त गरेका हुन्। मत विभाजनमा ८३ जना सांसद सहभागी भएका थिए। जसपा नेपालकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन्।

मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १७ सांसदले समर्थन गरेका हुन्। नेपाली कांग्रेसले भदौ ३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपरेको थियो।

कार्कीले यसअघि पनि दुई पटक विश्वासको मत लिइसकेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।