कानुनी अल्झन हटाएर उद्यमलाई अर्थतन्त्रसँग जोड्छौँ : मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले वन तथा कृषि क्षेत्रका कानुनी अवरोध हटाउँदै निजी क्षेत्रको लगानी र उद्यमशीलता बढाउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

 

उनले वनलाई संरक्षणमा मात्र सीमित नराखी उत्पादन, व्यवसाय र रोजगारीसँग जोडेर हरित अर्थतन्त्रको आधार बनाउनुपर्नेमा जोड दिइन्।

 

‘वन तथा कृषि उद्यमहरूलाई गति दिने: निजी क्षेत्रको साझेदारीमार्फत स्तरोन्नति र विस्तार’ विषयक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले भनिन्, ‘कानुनी अल्झनका कारण काम गर्न कठिनाइ छ भने त्यसको समाधान र कस्तो कानुन आवश्यक पर्छ भन्ने सुझाव दिनुहोस्, हामी त्यसलाई कानुन निर्माणमा अघि बढाउँछौँ।’

 

उनले कृषि क्षेत्रमा लगानी सुरक्षित र प्रतिफलमुखी हुन्छ भन्ने विश्वास निजी क्षेत्रमा विकास गराउन आवश्यक नीति तथा कानुन बनाउन सरकार तयार रहेको बताइन्।

 

नेपालको ४६ प्रतिशत भूभाग वनले ढाकिए पनि त्यसलाई आर्थिक समृद्धिसँग जोड्न नसकिएको उल्लेख गर्दै चौधरीले वन तथा कृषि उद्यमलाई ग्रामीण विकास र रोजगारीसँग जोड्न निजी क्षेत्रसँगको साझेदारी विस्तार गर्नुपर्ने बताइन्।

 

‘वन तथा कृषि उद्यमलाई हरित अर्थतन्त्रको आधार बनाउन हामी तयार छौँ,’ उनले भनिन्।

 

कार्यक्रममा आयोजक आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडका अध्यक्ष मनोज पौडेलले सम्भावनालाई अवसर, अवसरलाई व्यवसाय र व्यवसायलाई उद्यममा रूपान्तरण गर्ने आधार तयार गर्न कार्यक्रम आयोजना गरिएको बताए।

 

आध्यन्तले लगानी र व्यवसायबीच पुलको भूमिका निर्वाह गर्दै पाँच वर्षको अवधिमा ४०० करोड रुपैयाँ लगानी गरेको उनले जानकारी दिए।

 

कार्यक्रममा वन तथा कृषि क्षेत्रमा कार्यरत ६ उद्यमले उत्पादन, बजार सम्भावना, व्यवसाय विस्तार र लगानी आवश्यकताबारे प्रस्तुति दिएका थिए। प्रस्तुतिका आधारमा नर्दन फङ्गी प्रालिले उत्कृष्ट प्रस्तुति, साना किसान कृषि सहकारी संस्था लिमिटेडले उत्कृष्ट नवप्रवर्तन, कोदाली भेन्चर्सले उत्कृष्ट वृद्धि सम्भावना, बिनयी जैविक मल उद्यमले उत्कृष्ट दिगोपन प्रभाव, सिन्धु कफीले उत्कृष्ट बजार अवसर तथा जडीबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेडले सामुदायिक प्रभाव अवार्ड प्राप्त गरे।

 

अवार्ड प्राप्त उद्यमहरूले वन तथा कृषि क्षेत्रका व्यवसायमा नवप्रवर्तन, दिगोपन, बजार विस्तार, वृद्धि सम्भावना र समुदायमा पार्ने प्रभावलाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न सकिने सम्भावना देखाएका थिए। कार्यक्रममा सरकारी निकाय, लगानीकर्ता, वित्तीय क्षेत्र, उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।