तिब्बतवाट आएको बाढीका कारण ४२ किमी सडक ध्वस्त, मलेखुको पुल पनि बगायो

नुवाकोट, १० भदौं । तिब्बतवाट रसुवा हुदैँ नेपाल छिरेको बाढीले ४२ किमी सडक बगाएको छ। 
 

नुवाकोटको बेत्रावतीदेखि रसुवागढी नाका जोड्ने कम्तिमा ४२ किमी सडक बाढीले क्षति गरेको छ ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेका अनुसार यो बिवरण प्रारम्भिक हो ।  ‘बेत्रावतीदेखि रसुवागढी नाकासम्मको ४२ किलोमिटर सडक बाढीले पूर्ण रुपमा क्षति गरेको जानकारी पाएका छौं,त्यस क्षेत्रका ठाउँ–ठाउँमा रहेका पक्की पुल पनि बाढीले बगाएको छ,’ उनले भने, ‘थप क्षतिको विवरण लिइरहेका छौं।’ 

 

स्याफ्रुबेंसीबाट नाकातर्फको १६ किलोमिटर सडकको अवस्थाका बारेमा पनि जानकारी लिने काम भइरहेको छ । त्रिशुली पारी धादिङ जोडने मलेखु पुल पनि बगाएको उनले जानकारी दिएका छन ।

 

त्यसैगरी स्याफ्रुवेसीको निर्माणाधिन सडक खण्ड पनि बगाएको उनले जानकारी दिए । चीन सरकारको अनुदानमा १६ किलोमिटर सडक दुई लेनमा स्तरोन्नति कार्य जारी राखिएको थियो, आजको भिषण बाढीले उक्त सडक खण्ड बाढीले बगाएको सडक विभागले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।