तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

काठमाडौं, १० भदौं । तिब्बतको शिगात्से शहरको केरोङ काउन्टीमा गएको पहिरो प्रकोपप्रति चिनियाँ राष्ट्रपति सीले बिशेष निर्देशन दिएका छन् ।

अगस्ट २६ मा बिहान लगभग १०ः३० बजेतिर सिचाङ (तिब्बत) शिगात्से शहरको केरोङ काउन्टीको केरुङ बन्दरगाहमा नेपालतर्फ पहिरो जाँदा ठूलो हताहत भए पछि राष्ट्रपति सिले बिशेष निर्देशन दिएका हुन् ।

विपदपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले परिस्थितिलाई ठूलो महत्त्व दिएर  महत्त्वपूर्ण निर्देशनहरू जारी गरेका छन्। 

उनले सबैभन्दा जरुरी कार्यहरू बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार गर्न, खतरामा परेका मानिसहरूलाई स्थानान्तरण र पुनर्स्थापना गर्न र घाइतेहरूको तुरुन्तै उपचार गरी हताहत कम गर्न सक्दो प्रयास गर्नुपर्ने औंल्याए। 

सीले अनुगमन र प्रारम्भिक चेतावनी प्रणालीलाई बलियो बनाउन, वैज्ञानिक उद्धार प्रयासहरूलाई जोड दिन र थप प्रकोपहरू रोक्नुपर्ने आवश्यकतामा पनि जोड दिए।

सी चिनफिङले जोड दिए, ‘हामी अहिले बाढी रोकथामको लागि एक महत्वपूर्ण समयमा छौं। सबै क्षेत्र र सम्बन्धित विभागहरूले बाढी र आँधीबेहरी रोकथामका उपायहरू इमानदारीपूर्वक लागू गर्नुपर्छ, विभिन्न जोखिम र लुकेका खतराहरूको अनुसन्धान र सुधारलाई बलियो बनाउनुपर्छ, ठूला प्रकोप र दुर्घटनाहरूलाई दृढतापूर्वक रोक्नुपर्छ, र जनताको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्छ।’ 
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।