मधेश सरकारले एक दिनको तलब दिने

सुभाष कायस्थ/जनकपुरधाम, ११ भदौ । मधेश प्रदेश सरकारले रसुवा जिल्लाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीको घटनाप्रति दुख व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीको एक दिन बराबरको  तलब विपद् व्यवस्थापन कार्यमा सहयोग गर्ने उद्देश्यले केन्द्रिय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । 

बुधवार मन्त्रिपरिषदको बसेको बैठकबाट भोटेकोसी नदीमा आएको बाढीका कारण भएको जनधनको व्यापक क्षति प्रति गहिरो दुःख प्रकट गर्दै मधेश प्रदेश सरकार मृतकप्रति हार्दिक समवेदना व्यक्तसहित  घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

प्रभावित क्षेत्रका नागरिकको खोज, उद्धार र राहत कार्यमा सहयोग पु¥याउन मधेस प्रदेशका आम नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार जगतलाई मधेश प्रदेश सरकार हार्दिक अपिल गरेको छ । 

यसका साथै यस विपद्को घडीमा विपद् व्यवस्थापनको कार्यमा सहयोग पु¥याउन मधेस प्रदेश, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री लगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा दाखिला गर्ने निर्णय गरेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।